• २०८२ भदौ १९ बिहीबार
  • Thursday, 4 September, 2025

माओवादी पदाधिकारी बैठकः सञ्जाल बन्द गरेर स्वतन्त्रता कुण्ठित गर्न खोजेको ठहर

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको आशंका गरेको छ ।

बिहीबार पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटाले सामाजिक सञ्जाल नियमन गर्नुपर्ने भएपछि सरकारको गतिविधि हेर्दा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेजस्तो देखिएको बताए ।

‘यसबारेमा हामीले गम्भीरतापूर्वक अध्ययन गर्दैछौँ । अध्ययन गरेर हाम्रो धारणा सार्वजनिक गर्छौँ । तर, हाम्रो प्रथम दृष्टिमै अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नतिर सरकार उद्धत भएको छ कि ?’, 

उनले सामाजिक सञ्जाल नियमनको बहानामा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको हो कि भन्ने लागेको बताए ।

यसैबिच माओवादी केन्द्रले २१ गतेबाट सुरु गर्ने मध्य पहाडी लोकमार्ग अभियान  उपलब्धिमूलक बनाउने निर्णय गरेको छ । बैठकपछि प्रवक्ता सापकोटाले कार्यक्रमको मोडालिटीमा छलफल गर्दै त्यसलाई उपलब्धिमूलक बनाउने निर्णय भएको जानकारी दिए । 

‘स्थायी कमिटीले निर्णय गरेका विषयमा छलफलमात्र भयो’, उनले भने–  ‘गुट उपगुट जस्ता विषय नरोकिए अनुशासनको दायरामा ल्याउने विषयमा छलफल मात्र भयो । पछि निर्णय गर्ने कुरा भएको छ’, सापकोटाले एकतामा आएका नेताहरूको कार्यविभाजन, अभियान, महिला सम्मेलन छलफल भएको बताए । 

बैठकमा अध्यक्ष प्रचण्डले दुई पार्टीसँग एकता हुने बताएका छन् । प्रचण्डले पार्टीको नेकपा एकीकृत समाजवादी र नेकपासँग एकता हुने बताएका हुन् । 

‘माधव नेपालजीको एकीकृत समाजवादी र विप्लवजीको नेकपासँग पार्टी एकता हुन्छ’, बैठकमा प्रचण्डको ब्रिफिङ  उद्धृत गर्दै एक नेताले भने । आफ्नो दुवै पार्टीका नेताहरूसँग निरन्तर संवाद भइरहेको जानकारी गराउँदै प्रचण्डले छिट्टै एकताले मूर्तरूप लिने बताएको ती नेताको भनाइ छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर