• २०८२ भदौ १९ बिहीबार
  • Thursday, 4 September, 2025

सामाजिक सञ्जाल बन्द गर्ने सरकारलाई बालेको कबितात्मक ब्यङ्य 

काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेका बेला यसकाे विराेध भइरहेकाे छ । काठमाडौँ महानगर पालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले दर्ता हुन नमानेका सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय प्रति व्यङ्ग्य गरेका छन् । उनले बिहीबार एक कविता लेख्दै सरकारको निर्णयबारे टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘भोलिबाट सपनामै भेट होला, बाटोमा ढाट लागेपछि ।’ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणका लागि नआएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । यद्यपि, सूचीकरण गरेमा सामाजिक सञ्जाल प्लेटफर्महरूलाई सोही क्षणदेखि पुनः सक्रिय गराउन समेत मन्त्रालयले निर्देशन दिएको हो ।

भोलिबाट सपनामै भेट होला

बाटोमा ढाट लागेपछि ।
घरबाट निस्किए, मनमा एक हौँला,
घमण्डको माझ परेपछि ।
तिमी सम्झ मात्र मलाई,
रातमा आइदिन्छु ।
हामीबिच संसार आउन सक्दैन,
हात समाइदिन्छु ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर