• २०८२ भदौ १९ बिहीबार
  • Thursday, 4 September, 2025

माओवादीले अब पार्टी भित्रका गुटहरू अनुगमन गर्ने

काठमाडाैं । नेकपा माओवादी केन्द्रको आज बसेको पदाधिकारी बैठकले पार्टीभित्र गुटगत गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल गरेको छ । आज बिहान बसेको पदाधिकारी बैठकले पार्टीभित्र गुट तथा स्वार्थ समूह भत्काउने र गुटगत गतिविधि अनुगमन गर्ने स्थायी समिति बैठकको निर्णयबारे छलफल भएको प्रवक्ता तथा उपाध्यक्ष अग्नी सापकोटाले जानकारी दिए । यसप्रकारका गतिविधिहरुलाई नियन्त्रण गर्न अनुगमन समिति बनाउने विषयमा छलफल भएको र निर्णय अर्को बैठकमा लिइने उनले बताए । 

आजको बैठकमा बिभिन्न समयमा एकता प्रक्रियामा आएकाहरुको जिम्मेवारी र कार्यविभाजनबारे समेत छलफल भएको छ । यसैगरी यसअघि स्थायी समिति बैठकले भदौको तेश्रो सातादेखि मध्यपहाडी जनजागरण अभियान पुनः सञ्चालन गर्ने निर्णय गरे अनुरुप अभियानको स्वरुपका बारेमा समेत छलफल गरेको छ । वर्षाको मौसम भएकोले बाह्यस्तरमा यसअघि जस्तो ठूला सभा तथा भेलाहरु नगरिने बरु पार्टी तथा जनस्तरमा आन्तरिक छलफल अन्तक्र्रिया गरिने नेता  प्रवक्ता सापकोटाले बताए  । 

आजको बैठकमा बिभिन्न वाम पार्टीसँग भइरहेको एकताको पहलबारे समेत छलफल भएको छ । नेकपा माओवादी केन्द्रले समाजवादी मोर्चामा रहेका एकीकृत समाजवादी, नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, महेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीलगायतसँग एकता गर्ने निर्णय गरेअनुरुप आन्तरिक छलफल तीब्र छ । 

यसैगरी आजको बैठकमा हिजोदेखि जारी रहेको महिला संगठनको राष्ट्रिय सम्मेलनबारे समेत छलफल भएको प्रवक्ता सापकाेटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर