• २०८२ भदौ १६ सोमबार
  • Monday, 1 September, 2025

प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच  भेटवार्ता भएको छ। 

सांघाई सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनका लागि चीनमा रहेका उनीहरूबीच तियान्जिन सहरमा भेट भएको हो।

यसअघि प्रधानमन्त्री ओलीले सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका थिए। त्यस्तै तियान्जिनस्थित चाउ इन्लाई स्मृति संग्रहालयको अवलोकन गरेका थिए।

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मोइज्जुसँग  पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ। 

त्यसपछि साँझ ७ बजे रात्रिभोजमा उनी पत्नी राधिका शाक्य र प्रतिनिधिमण्डलका बाँकी ६ सदस्यसहित उपस्थित हुनेछन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर