• २०८२ भदौ २१ शनिबार
  • Saturday, 6 September, 2025

१३ तस्बिरमा हेर्नुसः चीनको विशाल सैन्य परेड

एजेन्सी । जापानी अतिक्रमणविरूद्धको युद्ध तथा विश्व फासिवाद विरोधी युद्धमाथिको विजयको ८०औँ वार्षिकोत्सवमा बेइजिङमा विशाल सैन्य परेड आयोजना गरिएको छ ।

परेडमा नेपालका प्रधानमन्त्री केपी अेालीलगायत विश्वका शक्तिशाली देशका प्रमुखहरू सहभागि भए । दोस्रो विश्वयुद्धको अन्त्यमा जापानले आत्मसमर्पण गरेको ८०औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशाल सैन्य परेडले विश्वको ध्यान तानेको छ ।

सैन्य परेड समारोहलाई सम्बोधन गर्दै चीनका राष्ट्रपति सी चिनफिङले चीन कहिल्यै कुनै पनि धम्कीसँग नडराएको र नडराउने बताएका छन्। ‘इतिहासले हामीलाई चेतावनी दिन्छ, ममानवता सँगै उठ्छ र पतन हुन्छ। चीन कहिल्यै पनि कुनै पनि धम्की दिने व्यक्तिसँग डराएको छैन र सधैँ अगाडि बढेको छ’ सीले भने ।

परेडलाई सम्बोधन गर्दै सीले संसारले यतिबेला पुनः युद्ध र शान्तिको प्रश्नको सामना गरिरहेको बताए। यसमा चीन सत्यको पक्षमा उभिने उनको भनाइ थियो। दोस्रो विश्वयुद्धजस्तो त्रासदी फेरि घटित हुन नदिन मुलुकहरूले मिलेर काम गर्नुपर्ने बताए। 

आफ्नो छोटो भाषण उनले चीनको उदयलाई कसैले रोक्न नसक्ने र मानवताका शान्तिपूर्ण विकासले निश्चय नै विजय हासिल गर्ने घोषणा गर्दै टुंग्याएका थिए।

समारोहमा ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि उत्तर कोरियाली शासक किम जोङ उन लगायत विभिन्न २६ विदेशी राष्ट्र तथा सरकार प्रमुखहरूले स्मृति समारोहमा भाग लिएका छन्।

तस्वीरहरु : चिनियाँ संचारमाध्यम

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर