सात फाेटाेमा हेर्नुस एमालेको दोस्रो विधान अधिवेशन

काठमाडाैं । सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा एमालेले शुक्रबार सुरु भएकाे छ । गोदावरी स्थित सनराइज हलमा हुने महाधिवेशन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रवेशमै रोक लगाएको छ ।
बिहीबार केन्द्रीय सचिवालय बैठक बसेरै भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’ मा राख्ने निर्णय केन्द्रीय कमिटीले गरेकाले त्यो विषयले महाधिवेशनमा प्रवेश नपाउने निर्णय एमालेले गरेको हो ।
२०७८ मा भएको पहिलो विधान महाधिवेशनमा राजनीतिक, वैचारिक र सांगठनिक विषयले प्राथमिकता पाएको थियो तर यो विधान महाधिवेशनमा भण्डारीको सदस्यता विवादको विषय बढी चर्चामा छ ।
कार्यतालिकाअनुसार ४० मिनेटको उद्घाटन सत्रपछि दस्ताबेज प्रस्तुतीकरणमा केन्द्रित हुने छ ।
महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।
स्थायी कमिटी सदस्य कर्ण थापाको असहमति दस्ताबेज पनि प्रस्तुत गरिने उपमहासचिव ज्ञवालीले जानकारी दिए। नेता थापाले हिजो पार्टी कार्यालयमा फरक मतको दस्ताबेज दर्ता गराएका थिए ।
त्यसैगरी बैठकले केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने एमाले उपमहासचिव ज्ञवालीले बताए । महाधिवेशनको दोस्रो दिन भदौ २१ गते प्रस्तुत गरिएको दस्ताबेजको १० वटा समूह बनाई छलफल गरिने छ ।
उनका अनुसार भदौ २२ गते समूहबाट आएका सुझावलाई प्रस्तुतीकरण गर्ने र सुझावमाथि प्रतिउत्तर दिने कार्यतालिका छ ।
यस्तै सोही दिन नै केन्द्रीय निर्वाचन आयोगका निर्वाचन गर्ने र समसामयिक प्रस्तावसहित महाधिवेशनको समापन गर्ने कार्यतालिका रहेको उनले जानकारी दिए ।
महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागी छन् ।
फोटोहरुः प्रधानमन्त्रीको सचिवालय
प्रतिकृया दिनुहोस