• २०८२ भदौ १९ बिहीबार
  • Thursday, 4 September, 2025

अमेरिकाको प्रतिक्रियाबारे रुसले खोल्यो मुखः ‘ट्रम्पले ठट्टा गरेको हुनसक्छ’

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङ समारोहबारे गरेको टिप्पणीमा रूसले जबाफ दिएको छ।

बेइजिङमा दोस्रो विश्वयुद्ध अन्त्य भएको ८० वर्ष पुगेको खुसीयालीमा आयोजित विशेष समारोहलाई ट्रम्पले रूसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका नेता किम जोङ मिलेर अमेरिकाविरूद्ध षड्यन्त्र गरेको भनेका थिए।

त्यसमा पुटिनका विदेश सल्लाहकार युरी उशाकोभले जबाफ दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

'बेइजिङमा अमेरिकाविरूद्ध कुनै षड्यन्त्र भइरहेको छैन। कसैले केही योजना बनाइरहेको छैन,' उशाकोभको भनाइ उद्धृत गर्दै रोयटर्सले लेखेको छ।

उनले ट्रम्पले उक्त भनाइ गम्भीरतापूर्वक नभनेको हुनसक्ने पनि बताएका छन्। 'शायद मजाक गर्नुभएको होला। त्यो उहाँको आलोचनाको शैली हुन सक्छ,' उशाकोभले भनेका छन्।

बुधबार बेइजिङको परेडलाई पछिल्लो भूराजनीति सन्दर्भमा विश्वलाई खासगरी अमेरिकालाई सन्देश दिन खोजिएको विश्लेषण गरिएको छ।

परेड अवलोकनमा जाँदा पुटिन र सी उत्तर कोरियाली नेता किम जोङ उनसँगै हिँडेका थिए। यसलाई अमेरिकी मिडियाहरूले विभिन्न कोणबाट टिप्पणी गरेका छन्।

पुटिनले किमसँग बेइजिङमै द्विपीक्षीय भेटवार्ता पनि गरे। भेटवार्तामा युक्रेन युद्धमा रूसलाई सहयोग गरेकोमा पुटिनले किमलाई धन्यवाद दिए।

किमले पनि एउटा भाइले अर्कोलाई गर्नुपर्ने सहयोग मात्रै गरेको बताएका थिए। आगामी दिनमा पनि सो क्रम जारी रहने उनले पुटिनलाई बताएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर