एमाले विधान महाधिवेशनमा ओलीकाे घाेषणाः ०८४ मा एकल बहुमतकाे सरकार

ललितपुर । सरकारकाे नेतृत्व गरिरहेकाे दल नेकपा एमालेको दोस्रो विधान महाधिवेशन सुरु भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी अेालीले अधिवेशन उद्घाटन गरेका हुन् ।
तीन दिनसम्म ललितपुरको गोदावरीस्थितज सनराइज हलमा आयोजना गरिएको महाधिवेशनका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य राखेका छन् ।
ओलीले भण्डारीको सदस्यता विषय कमिटीगत छलफलको विषय भएको बताएका हुन्।
“विधान महाधिवेशनको बेला केही विषयहरू अनावश्यक ढंगले अघि बढाइएका छन् । ती महाधिवेशनसँग सम्बन्धित होइनन्,” उनले भने, “यी विषयहरू स्थायी कमिटी वा केन्द्रीय कमिटीमा छलफल गरिने हो।”
अध्यक्ष ओलीले महाधिवेशन विधान संशोधन र सांगठनिक सुधारमा केन्द्रित हुने बताएका छन्। उनका अनुसार, महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी तीन प्रमुख प्रतिवेदन प्रस्तुत हुनेछन् ।
भण्डारीको सदस्यता विषय पार्टीको आन्तरिक प्रक्रिया अनुसार संयुक्त रूपमा टुंग्याइने एमाले अध्यक्ष ओलीको भनाइ छ ।
साे क्रममा उनले ०८४ काे चुनावमा नेकपा एमालेले एकल बहुमत ल्याउने र सरकार बनाउने दावी गरे ।
अधिवेशनमा विवादका कारण एमाले पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्या भण्डारीकाे प्रवेशमा राेक लगाइएकाे छ ।
सम्वोधनपछि अध्यक्ष लगायतले प्रस्ताव र प्रतिवेदन पेस गर्नेछन् ।
प्रतिकृया दिनुहोस