• २०८२ भदौ २१ शनिबार
  • Saturday, 6 September, 2025

सरकार बन्द भयाे भन्छ, प्रधानमन्त्री ओलीनै चलाउँछन् फेसबुक

काठमाडाैं । सरकारले दर्ता हुन तयार नभएका सामाजिक सञ्जाल बन्द भएकाे भनिएपनि प्रधानमन्त्री तथा उनकाे सचिवालयले नै ती सञ्जालहरू चलाइरहेकाे छ । मेटा मातहतकाे फेसबुक, ह्वाट्स एप जस्ता सञ्जालहरूमा अहिले पनि प्रधानमन्त्रीको निजी सचिवालय सक्रिय छ । 

नेपाल सरकारले दुई दर्जनभन्दा बढी सामाजिक सञ्जाल प्लाटफर्मलाई बन्द गरेको छ। मन्त्रिपरिषद्को निर्णयका आधारमा बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई ती प्लाटफर्महरूमा नेपालबाट पहुँच नदिन निर्देशन दियो।

तर, प्रधानमन्त्री केपी ओलीकै सचिवालय भने शुक्रबारसम्म पनि तिनै सामाजिक सञ्जालहरूबाट सूचना सम्प्रेषित गरिरहेको छ। केहीबेरअघि मात्र गोदावरीमा सुरु भएको एमाले विधान महाधिवेशनसम्बन्धी सूचना र तस्बिरहरू ह्वाट्सएप ग्रुपदेखि फेसबुक पेजहरूसमार्फत सचिवालयले सार्वजनिक गरिरहेकाे छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर