नेप्सेको अध्यक्षमा हेमन्त बस्याल, पुनर्बीमा अध्यक्षमा सुरेन्द्र पौडेल

काठमाडौं । नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । मन्त्रिस्तरीय निर्णयबाट बस्याल अध्यक्षमा नियुक्त भएका हुन् ।

यसअघि नेप्से अध्यक्षमा सचिव शोभाकान्त पौडेल रहेका थिए । सहसचिव बन्दा नै अध्यक्ष बनेका पौडेल सचिवमा बढुवा भएपछि नेप्सेको अध्यक्ष परिवर्तन गरिएको हो ।

यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । बरिष्ठ चार्टर्ड एकाउन्टेन समेत रहेका पौडेल नेपाल आयाल निगमका पुर्व कार्यकारी निर्देशक समेत हुन् ।

उनलाई अर्थमन्त्री पौडेलले पुनर्बीमाको अध्यक्षमा नियुक्त गरेका हुन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर