• २०८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025

रक्षा मन्त्रालयकाे नाम फेरेर 'युद्ध मन्त्रालय' राखे ट्रम्पले

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रक्षा मन्त्रालयलाई युद्ध मन्त्रालयका रूपमा पहिचान दिनेगरी नयाँ नाम दिएका छन्।

शुक्रवार उनले हस्ताक्षर गरेकाे २००अैां कार्यकारी आदेशले रक्षा मन्त्रालयलाई दोस्रो नयाँ नामको रूपमा प्रयोग गर्न युद्ध मन्त्रालयकाे नाम दिइएकाे छ । अब रक्षामन्त्री पिट हेग्सेथलाई युद्ध मन्त्रीको रूपमा प्रयोग गर्न कसिनेछ।

अमेरिकी सेना हेर्ने पेन्टागनलाई त्यसअघि युद्ध मन्त्रालय भनिन्थ्यो। जुन सबैभन्दा पहिले सन् १७८९ मा क्याबिनेट निकायको रूपमा स्थापित भएर सो नाममा सन् १९४७ सम्म अस्तित्वमा थियो।

कार्यकारी आदेश तत्काल कार्यान्वयन गरिने ह्वाइट हाउसले जनाएको छ। सोअनुसार रक्षामन्त्री, रक्षा मन्त्रालय र मातहतका अधिकारीलाई आधिकारिक पत्राचार, सार्वजनिक सञ्चार, औपचारिक सन्दर्भ र कार्यकारी शाखा भित्र गैर-वैधानिक कागजातहरूमा ‘युद्ध मन्त्री’, ‘युद्ध मन्त्रालय’, र ‘युद्ध उपमन्त्री’ जस्ता ओहोदा प्रयोग गर्न अधिकार दिन्छ।

पेन्टागनका अधिकारीहरूले रक्षामन्त्री  हेगसेथको कार्यालय बाहिरको साइनबोर्ड परिवर्तन गरिसकेका छन्। साथै मन्त्रालयको वेबसाइट पनि डिफेन्स डटकमबाट परिवर्तन गरी वार डटकम राखिएको छ। वेबसाइटको माथिल्लो भागमा मन्त्रालयको यसअघिको छोटकरी रूप डिओडीबाट युद्ध मन्त्रालयको छोटकरी रूप डिओडब्ल्यू राखिएको छ।    

कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रममा राष्ट्रपति ट्रम्पले विश्व परिस्थितिअनुसार फेरेर राखिएको मन्त्रालयको नाम उपयुक्त रहेको बताए।

‘अहिले विश्व जुन परिस्थितमा छ, त्यो सन्दर्भमा यो अत्यन्त उपयुक्त नाम हो। हामीसँग संसारकै शक्तिशाली सेना छ,’ ट्रम्पले भने।

कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले हस्ताक्षर गर्दा ओभल अफिसमै रहेका मन्त्री हेगसेथले विषय नाम परिवर्तनको मात्रै नभएको बताए।

‘फगत नाम परिवर्तन मात्रै होइन। यो शक्ति पुनर्स्थापना पनि हो। यसले अमेरिकी सेना प्रतिरक्षामा मात्रै होइन आक्रमणमा पनि जान्छ भन्ने सन्देश दिन्छ। र नामअनुसार योद्धाहरूलाई खडा गर्नेछ, रक्षकहरूलाई मात्रै होइन,’ मन्त्री हेगसेथले भने।

मन्त्रालयको नाम फेरिएको कार्यकारी आदेश संवैधानिक रूपमा कार्यान्वयन गर्न संसदबाट अनुमोदन हुनुपर्छ। त्यसका लागि प्रस्ताव लैजाने तयारी पनि ट्रम्पले गरेका छन्।

 ‘युद्ध मन्त्रालय’ सन् १७८९ मा स्थापना भएको थियो। त्यो वर्ष अमेरिकी संविधान लागू भएको थियो। दोस्रो विश्वयुद्ध समाप्त भएको दुई वर्षपछि सन् १९४७ मा यो मन्त्रालयको नाम परिवर्तन गरी ‘रक्षा मन्त्रालय’ (डिपार्टमेन्ट अफ डिफेन्स) राखिएको थियो।

ट्रम्पले कार्यकारी आदेश ल्याउने तयारी गरेपछि रक्षामन्त्री पिट हेगसेथले सामाजिक सञ्जालमा यसअघि नै 'डिपार्टमेन्ट अफ वार' लेखेर पोस्ट गरेका थिए।

ट्रम्प र हेगसेथले लामो समयदेखि यो नाम परिवर्तनबारे छलफल गर्दै आएको भनेर एपीले लेखेको छ। हेगसेथले गत मार्चमा सामाजिक सञ्जालमा यसबारे मत सर्वेक्षणसमेत गरेका थिए।

युद्ध मन्त्रालय जर्ज वाशिङ्टनले स्थापना गरेका थिए र त्यसलाई दोस्रो विश्वयुद्धपछि नयाँ नाम दिइएको थियो।

सांसदहरूले यस्तो परिवर्तनलाई समर्थन गर्ने आशा समेत उनले व्यक्त गरेका छन्। "मलाई विश्वास छ -आवश्यक परेमा कङ्ग्रेसले यसमा साथ दिने छ। हामीलाई त्यो आवश्यक पर्छ जस्तो पनि मलाई लाग्दैन," राष्ट्रपति ट्रम्पले गत साता भनेका थिए।

"तर यदि हामीलाई त्यो आवश्यक पर्‍यो भने कङ्ग्रेसलेसाथ दिनेमा म विश्वस्त छु।"

ट्रम्प र हेग्सेथले मन्त्रालयलाई "युद्ध लडाई" र "वारिअर इथोज" मा पुन: केन्द्रित गर्न खोजेका छन्।

उनीहरूले उक्त मन्त्रालय विविधता, समानता र समावेशीकरण कार्यक्रमहरू र "वोक आइडियोलोजी" (सामाजिक अन्यायलाई महत्त्व दिने अर्थ दिने भनेर बुझिने वाक्यांश) मा धेरै केन्द्रित भएको तर्क गरेका छन्।

ट्रम्पले यसअघि बिहीबार नोबेल शान्ति पुरस्कार चाहिरहेको भन्ने कुरालाई कम महत्त्व दिए।

"मैले गर्न सक्ने भनेको युद्धहरू बन्द गर्नु हो," उनले बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजलाई भने। "म अरुको ध्यान खिच्न खोज्दिन। म केवल जीवन बचाउन चाहन्छु।"

यो नाम परिवर्तनसम्बन्धी कदम राष्ट्रपतिले पदभार ग्रहण गरेयता हस्ताक्षर गरेको २००औँ कार्यकारी आदेश हो।

यस नाम परिवर्तन केही हदसम्म अपेक्षित भए तापनि त्यो चीनले विशाल परेडमा नयाँ अस्त्र, ड्रोन र अन्य सैन्य हार्डवेयरको दायरा अनावरण गरेपछि आएको बीबीसीले जनाएकाे छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर