• २०८२ भदौ २१ शनिबार
  • Saturday, 6 September, 2025

पुष्पलाल लोकमार्ग अभियान सुरू गर्न अध्यक्ष प्रचण्ड पोखरामा 

पोखरा । नेपाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले जेठ २ गते बैतडीको  पाटनबाट सुरु गरेर वर्षा को मौसम लागेकाले रोकिएको मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग ) केन्द्रीत अभियान पुनः सुरु गर्ने भएको छ ।

वर्षा मौसमका कारण जेठ १२ गते पोखरामा स्थगित गरिएको अभियान पोखराबाट आज (भाद्र २१ गते) दिउँसो ३ बजे रुपा-१ स्यास्त्री स्थित शहीद पार्कबाट पुनः सुरु हुने भएको हो ।

साउन १६ र १७ गते बसेको पार्टीको स्थायी समिति बैठकको निर्णअनुसार बाँकी जिल्लामा भदौँ २१ देखि सुरु गर्ने निर्णय गरेको थियो ।

अभियानका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरू पाेखरा पुगेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर