• २०८२ भदौ २२ आइतबार
  • Sunday, 7 September, 2025

प्रधानमन्त्रीकाे चीन भ्रमणपछि कांग्रेस केन्द्रीय कार्यसमिति बस्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेकाे छ। 

बैठक आइतबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने छ। प्रधानमन्त्री केपी अेालीकाे चीन भ्रमणपछि कांग्रेसकाे बैठक बस्न लागेकाे हाे । 

सभापति देउवाले समसामयिक घटनाक्रमका विषयमा छलफल गर्न बैठक बोलाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

आजको बैठकमा रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवार चयन गर्न देउवाले बैठक आह्वान गरेको जनाइएको छ। प्रधानमन्त्रीकाे चीन भ्रमणका क्रममा नेपाल जीएसअाइमा सहभागि भएकाे विषय चर्चामा रहेकाले त्यस विषयमा पनि कांग्रेसले समिक्षा गर्न लागेकाे छ । 

कांग्रेसका कतिपय नेताहरूले यसबारे सार्वजनिक विराेध गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर