सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, १६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम बनाएको छ। दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज १६ सय रुपैयाँले बढेर फेरि नयाँ रेकर्ड कायम भएको हो।

नेपाल सुन-चाँदी  व्यवसायी महासंघका अनुसार आज १६ सय रुपैयाँले बढेर एक तोलाको सुनको मूल्य २ लाख १२ हजार कायम भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार  एक तोला सुन २ लाख १० हजार ४०० मा कारोबार भएको थियो।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ। आज एक तोला चाँदीको मूल्य २ हजार  ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदी तोलाको २ हजार ४९० कायम भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर