जेब्रा क्रसमा ठक्कर दिएर भागेका एमालेका मन्त्रीले तिरे उपचार खर्च र जरिवाना

ललितपुर । शनिबार बिहान ललितपुरको हरिसिद्धी-गोदावरी सडकमा गाडीको ठक्करबाट घाइते बालिकाको परिवार र कोशीका प्रदेश मन्त्रीबीच आपसी समझदारीमा कुरा टुंगिएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार उक्त गाडीका चालक चन्द्रनारायण चौधरी शनिबार आफैँ प्रहरीमा उपस्थित भए । त्यसलगत्तै मन्त्री राना आफैँ ११ वर्षीया घाइतेलाई भेट्न ग्वार्कोस्थित बीएण्डबी अस्पताल पुगेका थिए ।

एसएसपी अधिकारीका अनुसार मन्त्री रानाले बालिकाको सम्पूर्ण उपचार खर्च र औषधिको बील तिरेर थप २५ हजार रूपैयाँ क्षतिपूर्ति दिएका छन् । 

यसबाहेक थप उपचार गर्नुपर्ने भएमा फेरि पनि जिम्मेवारीबाट नपन्छिने प्रतिबद्धता मन्त्री रानाले व्यक्त गरेपछि घाइते र मन्त्रीपक्षबीच शनिबार बेलुकी नै मिलापत्र भएको छ ।
लिलतपुर हरिसिद्दिमा जेब्राक्रसबाटा बाटाे काट्दा मन्त्रीको गाडीले हानेर भागेकाे थियाे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर