‘ओलीको राजीनामाले पुग्दैन, १९ जेनजी युवाको हत्या अन्तर्राष्ट्यिकरण गर्नुपर्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद अमनलाल मोदीले जेनजीको आन्दोलनमा भएको सरकारी निर्मम दमनलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।
नेपालीहरुका संविधानले दिएको अधिकार प्रयोग गर्न तथा भ्रष्टाचार नियन्त्रणका लागि स्वतस्फुर्त रुपमा युवाहरुले गरेको आन्दोलनलाई सरकारले निर्मम दमन गरेर सरकारमा बस्ने नैतिकता गुमाइसकेको उनले बताए ।
अब प्रधानमन्त्री केपी ओलीको राजीनामाले मात्रै नपुग्ने यो विषयलाई अन्तराष्ट्रिय अदालतसम्म लैजानुपर्ने उनको तर्क छ ।
२०६२,६३ को जनआन्दोलनमा पनि एकैदिन यति धेरै नागरिकले ज्यान नगुमाएको भन्दै उनले वर्तमान सरकार जनताप्रति जिम्मेवार हुन नसकेको र जथाभावि गोली चलाएको बताए ।
आन्दोलनमा मृतक भएकाहरुप्रति श्रदाञ्जली दिएका सांसद मोदीले घाइतेहरुको शिघ्र स्वास्थय लाभको कामना गरे ।
उनले सामाजिक सञ्जालमाथि सरकारले गरेको प्रतिबन्ध तुरुन्त विनाशर्त खुलाउन माग पनि गरेका छन् ।
भ्रष्टाचार विरोधी जेनजीको ऐतिहासिक आन्दोलनमा १९ युवाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले प्रहरीबाट प्राप्त विवरण अनुसार १९ जनाको मृत्यु र २ सय जना हाराहारी घाइते भएको जानकारी दिए।
आन्दोलनले उग्र रुप लिएपछि काठमाण्डौं, ललितपुर, रुपन्देही, कास्की लगायतका जिल्लाका संवेदनशिल क्षेत्रमा कप्र्यु जारी गरिएको छ । घाइतेमध्ये ४० जना भन्दा धेरैको अवस्था गम्भीर छ।
प्रर्दशनमा घाइते भएकाहरुको विभिन्न अस्पतालहरुमा उपचार हुनुका साथै घटनामा भएको क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सबैभन्दा धेरै काठमाडौंको नयाँबानेश्वरमा भएको आन्दोलनमा १७ जनाको मृत्यु भएको छ । सुनसरीमा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीले काठमाण्डौंबाट ४० जना प्रर्दशनकारीलाई पक्राउ गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस