• २०८२ भदौ २४ मंगलबार
  • Tuesday, 9 September, 2025

जेनजीको आन्दोलनसँग झुक्यो सरकार, १९ जनाको ज्यान गएपछि खुले सामाजिक सञ्जाल

काठमाडौं । सरकार अन्ततः जेनजी पुस्ताको आन्दोलनसँग झुक्न बाध्य भएको छ । प्रतिबन्ध लगाइएका सामाजिक सञ्जालहरु खुल्न थालेका छन् ।

फेसबुक, ह्वाट्स एप, एक्स लगायतका सञ्जालहरु अहिले खुल्न थालेका छन् ।

भ्रष्टाचार नियन्त्रणको प्रभावकारी कदम भने अझै चालिएको छैन । 

सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिवन्ध र भ्रष्टाचारको विरोधमा जेनजी पुस्ताले आज काठमाडौंसहित देशभर स्वतस्फुर्त सडक आन्दोलन गरेको थियो ।

आन्दोलनका क्रममा १९ जना युवाहरुले अनाहकमा ज्यान गुमाएका थिए । 

गृहमन्त्री रमेश लेखकले यसको नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् भने प्रधानमन्त्री केपी ओली भने आन्दोलनमा घुसपैठ भएको भन्दै आरोप लगाइरहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर