• २०८२ भदौ २४ मंगलबार
  • Tuesday, 9 September, 2025

जेनजीमाथि सरकारले गरेकाे निर्मम दमनबाट राष्ट्रपति मर्माहत 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको वर्तमान परिस्थितिको बारेमा गम्भिर चिन्ता व्यक्त गर्दै मुलुकभर आज भएको जेन्जी पुस्ताको प्रदर्शनका क्रममा ठूलो संख्यामा नागरिकहरूको हताहत भएको घटनाले आफू मर्माहत भएको बताएका छन् ।

उनले प्रर्दशनका क्रममा निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना तथा सहानुभूति व्यक्त गर्दै घाइतेहरूको शीघ्र उपचारका लागि सरकारलाई आग्रह पनि गरे ।

राष्ट्रपति पैडेलले  अप्रत्याशित रुपमा आज भएको यस्तो घट्नाले आफूलाई अत्यन्त चिन्तित तुल्याएको उल्लेख गर्दै आजको विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपिल गर्नुभएको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर