• २०८२ भदौ २४ मंगलबार
  • Tuesday, 9 September, 2025

१९ जेनजीको हत्या इतिहासकै क्रूर, प्रधानमन्त्रीकाे राजीनामा अनिवार्य: माओवादी केन्द्र

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेको छ । 

भ्रष्टाचार र बेथितिविरुद्ध जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनमा १९ जनाको मृत्यु र ठुलो मात्रामा क्षति भएपछि प्रचण्ड निवास खुमलटारमा बसेको पदाधिकारीको आकस्मिक बैठकले ओलीको राजीनामा मागेको हो । 

बैठकले प्रदर्शनको क्रममा मृत्यु भएका व्यक्तिहरूप्रति भोलि बेलुका पाँच बजे ७५३ वटै पालिकामा श्रद्धाञ्जलीसभा राख्ने निर्णय गरेको छ । 

घाइतेहरुको निःशुल्क उपचार, मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । 

‘सरकारले इतिहासकै क्रूर नरसंहार सरकारले गरेको छ । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निर्णय बैठकले गरेको छ। जेनजी पुस्ताको जायज मागप्रति हाम्रो ऐक्यबद्धता छ’, बैठकको निर्णय सुनाउँदै उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर