बिहानैदेखि माइकिङ गर्दै सेना, अराजकता मच्चाउँदै हिड्ने नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाले बुधबार बिहानैदेखि माइकिङ गर्दै अराजक गतिविधि नगर्न र सुरक्षीत रहन अनुराेध गरेकाे छ । हिजो राति १० बजेदेखि सुरक्षा आफूले जिम्मा लिएको जनाएको सेनाले अराजक काम गर्ने केहीलाइ नियन्त्रणमा लिएर प्रहरीलाइ बुझाएकाे छ ।
जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो ।
काठमाडौँका विभिन्न स्थानबाट अराजक गतिविधि गरेका केही युवाहरूलाई पक्राउ गरेको छ भने देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि आग्रह गरिरहेको छ ।
आज बिहानैदेखि सडकमा सेनाले जनताको जीउ धन र सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि सबैलाई माइकिङ गर्दै आग्रह गरिरहेको हो ।
कसैले क्षति पुर्याइरहेको थाह पाए सेनालाई सूचना दिन पनि आग्रह नेपाली सेनाले गरिरहेको छ ।
जेनजीले पनि आन्दोलनका क्रममा केही तत्त्वहरूले लुटपाट गर्ने र सार्वजनिक सम्पत्ति नष्ट गर्ने प्रयास गरिरहेको भन्दै लुटपाट र सार्वजनिक सम्पत्ति तोडफोडलाई कुनै पनि हालतमा स्वीकार नगर्ने स्पष्ट पारेको पारिसकेको छ ।
कतिपय स्थानमा जेनजीका युवाहरूले नै अराजक काम गर्नेहरूलाइ नियन्त्रणमा लिने तर लुटपाटमा संलग्नलाइ धपाउने काम गरिरहेका छन् ।
प्रतिकृया दिनुहोस