• २०८२ भदौ २५ बुधबार
  • Wednesday, 10 September, 2025

लुटपाटमा संलग्न २६ जना सेनाकाे नियन्त्रणमा

काठमाडौं । नेपाली सेनाले हालको परिस्थितिको अनुचित फाइदा उठाई काठमाडौं तथा भक्तपुरका विभिन्न इलाकामा लुटपाट गरेको अभियोगमा २६जनालाई पक्राउ गरेको छ।  

भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, होटल हायात र बौद्ध इलाकाबाट लुटपाटमा संलग्न भएको अभियोगमा २६ जना पक्राउ परेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।  

नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई पनि सेनाले पक्राउ गरेको छ। रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर