सरकारको नेतृत्वः रास्वपाको चुनाव हारेका सागर ढकालको पनि दावी

काठमाडौं । अघिल्लाे चुनाव हारेका रास्वपाका नेता सागर ढकालले आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।
बुधबार जेन्जीहरुको गुगल मिटमा बोल्दै ढकालले कोही अघि नसरे आफू देशको नेतृत्व गर्न तयार रहेको बताएका हुन् ।
उनले आफू २०८४ को चुनाव लड्नको लागि डडेल्धुरमा रहेपनि जेन्जीहरुको आन्दोलनलाई साथ दिएको बताए ।
‘तपाँईहरुबाट लिड गर्न नसक्ने वा कोही नभए म आउन सक्छु,’ ढकालले भने । उनले सर्वेले ९० प्रतिशत धेरैले सुशीला कार्कीलाई पनि मानेको सुनाए ।
ढकाल डडेल्धुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए ।
प्रतिकृया दिनुहोस