आजको दिन नेपालको इतिहासमा कालो अक्षरले लेखिने छ –कुलमान

काठमाडाैं । उज्यालाे नेपाल अभियान चलाइरहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इतिहासमा आजको दिन कालो अक्षरले लेखिने दिन भएकाे बताएका छन् ।
जेनजीकाे आजको आन्कोदाेलनपछि प्रतिक्रिया दिदै उनले देशभित्र व्याप्त बेथिति, बढ्दो भ्रष्टाचार, सामाजिक सञ्जाल बन्द लगायतका विषयलाई लिएर जेन जि पुस्ताले सोमबार देशभर स्वतस्फूर्तरुपमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा सरकारले गरेको हिंसात्मक दमनको घोर निन्दा एवम् भर्त्सना गरे ।
'यो आक्रोश युवाहरूको सपना हो,नयाँ नेपालको सपना, पारदर्शी शासनको सपना र स्वतन्त्र सोचको सपना। हामीले सबै नागरिकको अभिव्यक्तिको अधिकारलाई संरक्षण गर्नुपर्छ। देशभित्रै सुन्दर भविष्य, समृद्धि र जवाफदेहिताको चाहना राख्ने युवाहरुको शान्तिपूर्ण प्रदर्शनमा भएको निर्मम दमनको कारणले देशले होनहार युवा गुमाउनु पर्दाको पीडाले मर्महात भएको छु। यस दुखद घडीमा ज्यान गुमाउने सम्पूर्ण युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। जेन जी पुस्ताले उठाएका मागलाई तत्काल सम्वोधन गर्न जोड्दार माग गर्दछु । यस दुखद् घट्नाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ । साथै यस सम्वेदनशील घडीमा सवै पक्षले संयम्ता अप्नाउन समेत अनुरोध गर्दछु,' उनले भनेका छन् ।
प्रतिकृया दिनुहोस