• २०८२ भदौ २६ बिहीबार
  • Thursday, 11 September, 2025

दुर्गा प्रसाईंलाई 'समाज भाडुवा' भन्दै जेनजीले गरे वार्तामा बस्न अस्वीकार

काठमाडौं । नेपाली सेना लगायतसँग भइरहेको अनौपचारिक वार्तामा सेना प्रमुखले दुर्गा प्रसाईं र रवि लामिछानेका प्रतिनिधि खोजेको चर्चा चलेपछि जेनजी समूहले त्यसलाई अस्वीकार गरेको छ । 

विश्वभरका जेनजीहरुको भुर्चुअल बैठकमा सेना प्रमुखले वार्तामा दुर्गा प्रसाई र रविका प्रतिनिधि खोजेको भन्ने चर्चा चलेपछि जेनजीले प्रसाईं र लामिछानेको विषय खारेज गरेका हुन् । 

जेनजीको आन्दोलनको एजेण्डा कुनै राजतन्त्र र प्रसाईं पक्ष नभएको, प्रसाईं आफैं समाज भँडुवा भएको उनीहरुको तर्क छ । 

नयाँ नेतृत्वका लागि आफ्ना माग लिएर सैनिक मुख्यालय जान लागेको उनीहरुको भनाई छ । जेनजीको छलफलमा आएको धारणा अनुसार पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई अघि सार्ने तर यदी तयार नभएको खण्डमा कुलमान घिसिङ वा अन्य कोही जेनजीबाट जान तयार हुने उनीहरुको छलफलमा सहमति भएको छ । 

रास्वपाका नेता सागर ढकालले पनि छलफलका क्रममा अन्तिम विकल्पका रुपमा आउन तयार रहेको बताएका छन् । उनीहरुले कुनै राजनीतिक दलको सदस्य भने नभएको हुनुपर्ने तर्क अघि सारेका छन् ।

जेनजीले शुशीला कार्कीलाई सेनासँगको वार्ताका लागि अघि सार्ने र भावि नेतृत्वका रुपमा समेत अघि सार्नुपर्ने तर उनले जेनजीका माग बोक्नुपर्ने, बताएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर