आजको राशिफल: स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ

मेष (चून,चे,चो,ला,लि,लू,ले,लो,अ) घरमै बसेर अध्ययनलाई निरन्तरता दिन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरूबिच घनिष्ठता बढेर जानेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको खरिद बिक्रीमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । बाहिरी वातावरण तथा यात्रा गर्दा ध्यान दिनुहोला ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य सम्बन्धी सामान्य समस्याले सताउन सक्छ खानपानमा ध्यान दिनुहोला । परिवार तथा आफन्तजन तपाईँदेखि टाढिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परेको भान हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धित सामानको व्यापारमा वृद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । अध्ययनमा सोचे अनुरूप प्रगति नहोला । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । तर पनि परिवार तथा आफन्तहरू तपाईँको कामदेखि प्रसन्न हुनेछन् । दाजुभाइ बाट राम्रै सहयोग प्राप्त हुनेछ । माया प्रेममा विश्वासको वातावरण झन् कसिलो भएर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बुवा तथा बुवा सरहका मानिसबाट तपाईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगीहरूले तपाईँकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा घरमै बसेर पढाइ लेखाइलाई निरन्तरता दिन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । यात्रा गर्दा ध्यान दिनुहोला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धर्म, संस्कृति तथा आफ्नो रीतिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइलाई घरबाट नै भए पनि निरन्तरता दिन सकिनेछ । सामाजिक काम गरी पुरस्कृत हुने योग रहेको छ । साथीभाइ तथा आफन्तहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ समयले साथ दिने हुनाले मन प्रसन्न रहने तथा भाग्य वृद्धि हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) ऋण,रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ भने यही बेलामा आयस्रोतका बाटाहरू साँघुरा हुनेछन् । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । खानपानमा विशेष ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदीबहिनी सँग साना साना कुरामा मनमुटाब बढ्नेछ । यात्रा गर्दा सावधानी अपनाउनु होला आजको दिन मध्यम रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) मायाप्रेम गर्नेहरूले आफ्नो मन परेको मान्छेसँग कुराकानी गर्न पाउँदा खुसी भएको महसुस गर्नेछन् । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अगि बढ्न सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनलाई घरमै बसेर निरन्तरता दिन सकिने तथा प्रविधिको प्रयोग गर्न सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) स्वास्थ्यले साथ दिने हुँदा साहसिलो काम गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराई परिणाममुखी नतिजा निकाल्न सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा राम्रो प्रगति भएर जानेछ । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । तर पनि समय प्रतिकुल भएकोले बाहिरी वातावरण वा यात्रा गर्दा ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काममा अनायासै हस्तक्षेप गर्नेहरूलाई किनारा लगाउँदै अगाडी बढ्न सकिनेछ । अध्ययनमा घरमै बसेर प्रगति गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नको व्यवसाय फस्टाएर जानेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनुको साथै जीवन साथीको हरेका पाइलामा समर्थन पाइने योग रहेको छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घर परिवार,आफन्त तथा आमासँग घरायसी कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूका लागि भने समय उत्तम रहेको छ । तपाईँले सुरु गर्नुभएको काममा विभिन्न वाधा तथा अवरोधको सामना गर्नुपर्नेछ । तपाईँले बनाएका गोप्य योजनाहरू सार्वजनिक गर्न केही समय पर्खँदा राम्रो हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा प्रशस्त समय खर्चिए पनि भनेजस्तो नतिजा हात नलाग्न सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) वादविवाद तथा प्रतिस्पर्धामा तपाईँकै जित हुनेछ । दाजुभाइ तथा छिमेकी सँगको सम्बन्ध सुदृढ भएर जानेछ । घरमै बसेर अध्ययनमा सफलता प्राप्त गर्न सक्नेछन् । माया प्रेम तथा पति पत्नी बिच विश्वासको वातावरणमा थप प्रगाढता आउनेछ । जीवन शैलीमा सुधार हुनुको साथै समयको महत्त्व बुझ्दा अगाडी बढ्न सहज हुनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै थोरै कामहरू गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तुको व्यापारमा बढोत्तरीको योग रहेको छ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरू समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मीयता बढ्नेछ ।
प्रतिकृया दिनुहोस