• २०८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025

जेनजी आन्दोलनले फालिएका केपी ओली कहाँ छन् ? अहिलेसम्म किन मौन ?

काठमाडौं । जेनजी आन्दोलनको सबैभन्दा ठूलो भिलेन कोहि बन्यो भने त्यो हो, निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

उनी देशको कार्यकारी प्रमुख भएका बेला देशले यो हद्सम्मको क्षती बेहोर्नुपर्यो भनेपछि अवस्य नै यसको प्रमुख भिलेन उनै हुन् । ओलीले सुझबुझपूर्ण निर्णय गरेको र देश चलाएको भए यो अवस्था आउने नै थिएन ।

उनको हठी र बहुलठ्ठिपूर्ण निर्णय र व्यवहारका कारण देश अहिले खरानी पन्छाउँदै उठ्नुपर्ने अवस्थामा पुगेको छ । 

संसदका दुई ठूला शक्तिशाली दलहरु नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनाएको दुई तिहाइ नजिकको सरकार जेनजी आन्दोलनका अघि २७ घण्टा पनि टिक्न सकेन ।

आन्दोलन सुरु भएको २७ घण्टापछि राजीनामा दिएर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै भागेका ओलीको अहिलेसम्मको अवस्था औपचारिक रुपमा अज्ञात छ । उनी अहिलेसम्म बोल्न सकेका छैनन् । अनौपचारिक श्रोतहरुले भनेअनुसार उनलाई नेपाली सेनाले बालुवाटार भित्रैबाट हेलिकप्टरमा हालेर सुरक्षाका लागि शीवपुरीमा रहेको आर्मि स्टाफ कलेजमा राखिएको हो । 

तर अहिले देश सामान्य अवस्थामा फर्किएको छ । तर पनि ओली भूमिगतै छन् । मौन छन् । उनकाे सचिवालयले अन्तिम पटक २४ गते साँढे २ बजे राजीनामा दिएकाे पत्र सार्वजनिक गरेकाे थियाे ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आन्दोलनकै क्रममा जेनजीहरुबाट कुटपिटसमेत खानुपरेकाले उनी अस्पतालमा उपचार गराउँदै छन् । कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले भिडियो सन्देशहरुबाट धारणा सार्वजनिक गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललले लामो विज्ञप्ती निकालेर जेनजीको आन्दोलन यसको कारण र परिणामबारे आफ्नो धारणा सार्वजनिक गरिसके । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आफ्नो धारणा लिखित रुपमा दिए  । तर ओली भने अझैं मौन र भूमिगत बसिरहेका छन् । किन होला ?

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर