• २०८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025

साफ यु–१७ च्याम्पियनसिप: श्रीलंकाविरुद्ध भिड्दै नेपाल 

काठमाडौं । साफ यु–१७ च्याम्पियनसिपमा आजदेखि श्रीलङ्कामा सुरु हुँदै छ। 

पहिलो दिन घरेलु टिम श्रीलङ्काविरुद्ध खेलेर नेपालले प्रतियोगिताको सुरुवात गर्ने छ। श्रीलङ्काको रेसकोर्स अन्तर्राष्ट्रिय रङ्गशालामा हुने प्रतियोगिता स्थानीय समय अनुरा राति ७ बजे सुरु हुनेछ। 

नेपाल समूह ‘ए’ मा रहेको छ। सो समूहमा नेपालसहित श्रीलङ्का र बङ्गलादेश पनि रहेका छन्।  नेपालले तीन दिनपछि बङ्गलादेससँग खेल्ने छ। नेपाली यु–१७ का प्रशिक्षक सञ्जित सिंहले टिम प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको बताएका छन्। 

यस प्रतियोगितामा विभाजित दुई समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने प्रावधान रहेको छ। अर्को समूहमा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन्।

प्रशिक्षक सिंहले भारत र बङ्गलादेशको टिम राम्रो तयारीका साथ प्रतियोगितामा आएको जानकारी दिए। उनले घरेलु मैदान र दर्शकसामु खेल्ने भएकाले श्रीलङ्कालाई पनि हलुका रूपमा लिन नहुने बताए। 

प्रशिक्षक सिंहका अनुसार श्रीलङ्काले विदेशमा बस्ने छ खेलाडी टिममा राखेको छ।  यसै गरी कप्तान प्रशान्त मोक्तानले तयारी राम्रो भएका बताएका छन्। 

यस उमेर समूहमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन्।  यद्यपि नेपालले चार संस्करणमा उपविजेता रहेको छ। सन् २०१३, २०१७, २०१९ र २०२२ मा नेपाल फाइनलमा पराजित भएको थियो। 

पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारतसँग ४–२ ले पराजित भएको थियो। पछिल्लो संस्करणमा बङ्गलादेशलाई २–० ले हराएर भारत साफ यु–१७ च्याम्पियन बनेको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर