• २०८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025

जेनजी आन्दोलनमा दिवंगत भएकाहरुको शोकमा १ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको सम्मानमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोक मनाउँदै असोज १ गते सार्वजनिक बिदा दिने निर्णय भएको गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले बताए। उक्त दिन राष्ट्रिय झन्डा झुकाइने उनले बताए।

सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय पनि गरेकाे मन्त्री अर्यालले बताए । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मरणमा सरकारले स्मारक पार्क बनाउने निर्णय गरेको हाे।

उनका अनुसार पार्क निर्माण गर्ने स्थान पक्का भएकाे छैन। 'स्थान अहिल्यै सुनिश्चित भएको छैन। उहाँहरूको सम्झनामा जेनजी जागरण स्मार्क पार्क बनाउने निर्णय भएको हो,' उनले भने।

बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति बनाउने सैद्धान्तिक सहमति भएको छ।
'आज सैद्धान्तिक निर्णय भयो। कसको नेतृत्वमा को को सदस्य रहने विषयमा अर्को बैठकले निर्णय गर्छ। पूर्वन्यायाधीशको संयोजकत्वमा समिति बन्छ,' उनले भने। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर