सुरक्षावाहेक कुनै पनि सुविधा नलिने, तर भ्रष्टाचारीलाई तत्काल कारबाही गर्ने कुलमानको घोषणा

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले सुरक्षाका लागि चाहिने मापदण्डबाहेक आफूले कुनैपनि सुविधा नलिने घोषणा गरेका छन् ।
पदभार ग्रहण गर्नेक्रममा आज मन्त्रालयमा कर्मचारी र पत्रकारहरुलाई सम्बोधन गर्दै
उनले जेनजी आन्दोलनको रापमा आफूहरु निश्चित लक्ष पूरा गर्नका लागि सरकारमा आएको बताउँदै सेवा, सुविधा र माननीयसमेत आफूलाई नबन्न उनले आग्रह गरे ।
भ्रष्टाचार नियन्त्रण र नियमन जेनजी आन्दोलनको मूल लक्ष भएको बताए । भ्रष्टाचारमा काही कर्मचारी सम्लग्न भएको पाईएमा तत्कार कडा भन्दा कडा कारबाही गर्ने उनले चेतावनी दिए । आफ्नो पारदर्शीताका बारेमा समेत मिडिया र कर्मचारीलाई प्रश्न उठाउन उनले आग्रहसमेत गरे ।
प्रतिकृया दिनुहोस