देउवा र आर्जुलाई गर्दनमा चोट, केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा केहि समयअघि अझै अस्पताल बस्नुपर्ने भएकाे छ ।
उनिहरूमाथि जेनजी अभियानका क्रममा घरभित्रै पसेर भदौ २४ गते प्रदर्शनकारीहरूले कुटपिट गरे। बूढानीलकण्ठस्थित घरभित्रै पसेर प्रदर्शनकारीहरू सभापति देउवा र आरजुमाथि जाइलागेका थिए।
प्रदर्शनकारीहरूले सभापति देउवा दम्पतीमाथि कुटपिट र लछारपछार गरेको भिडिओ सामाजिक सञ्जाल टिकटक र फेसबुकमा देख्न सकिन्छ। भिडिओहरूमा देखिएअनुसार प्रदर्शनकारीहरू सभापति देउवाको घरभित्र छिरेर सभापति देउवा र आरजु रहेको कोठामै पुग्छन्।
प्रदर्शनकारीलाई सभापति देउवा र आरजुको सुरक्षामा खटिएका सुरक्षाकर्मी तथा देउवाका स्वकीय सचिवसमेत रहेका भतिजा भानु देउवाले आक्रमण नगर्न अनुनयविनय गर्छन्, तैपनि प्रदर्शनकारीहरूले देउवा दम्पतीलाई लछारपछार गर्दै आँगनमा पुर्याउँछन् र थप कुटपिट गरेको देखिन्छ।
तत्कालीन परराष्ट्र मन्त्री आरजुमाथि एक युवाले पछाडिबाट लात्तीले हानेको भिडिओसमेत सामाजिक सञ्जालमा देखिन्छ भने आरजु सम्हालिन नसकेर भुइँमा लडेकी थिइन्। त्यसबेला केही प्रदर्शनकारीहरूले भने देउवा दम्पतीलाई सहयोगसमेत गरेका थिए।
सभापति देउवा र आरजुको शरिरका विभिन्न भागमा चोट छ। सभापति देउवाको गर्धन र ढाडमा चोट छ।
प्रदर्शनकारीहरू बूढानीलकण्ठस्थित देउवा चोकमा भेला भएदेखि नै कार्यकर्ताहरूले घरबाट बाहिर सुरक्षित स्थानमा जान सभापति देउवा दम्पतीलाई आग्रह गरेका थिए।
सभापति देउवालाई सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतले सुरक्षा दिएको थियो। उनकी पत्नी त्यसबेला परराष्ट्र मन्त्री रहेको र मन्त्री क्वार्टरमा नबसी घरमै बसेकोले पनि बूढानीलकण्ठमा थप सुरक्षा उपलब्ध गराइएको थियो।
तर प्रदर्शनकारीको भिडका बीच बूढानीलकण्ठमा तैनाथ सुरक्षाकर्मीले सभापति दम्पतीलाई आक्रमण गर्नबाट जोगाउन सकेनन्, प्रदर्शनकारीहरूले घर पनि जलाइदिएका थिए। घरभित्र रहेका नगदलगायत जलेको भिडिओहरू पनि बाहिरिएको छ।
सभापति देउवा ७९ वर्षका छन् भने आरजु ६३ वर्षकी भइन्। सभापति देउवा ५ पटक प्रधानमन्त्री भइसकेका छन् भने दोस्रो कार्यकाल कांग्रेस सभापति छन्।
प्रतिकृया दिनुहोस