नयाँ पार्टी कार्यालय बनाउने प्रचण्डको घोषणा (भिडियाे)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ पार्टी कार्यालय बनाउने बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा आगजनी भएको पेरिसडाँडास्थित पार्टी मुख्यालय अनुगमन गरेपछि प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘देशभरका कार्यकर्ताहरुको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’
अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको भन्दै ती जोगाउन भूमिका खेलेकोप्रति कर्मचारी र कार्यकर्ताहरूलाई धन्यवाद दिए ।
जेनजी आन्दोलन चर्कंदै जाँदा प्रचण्डलाई सेनाले भदौ २४ गतेदेखि सुरक्षा घेरामा राखेको थियो । सुरक्षा ‘थ्रेट’ नरहेपछि सोमबार उनी सेनाको घेराबाट बाहिरिएका हुन् ।
प्रतिकृया दिनुहोस