• २०८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025

चुनावी सरकार प्रमुख कार्की भेट्न पुगे अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले नवनियुक्त चुनावी सरकारकाे प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । त्यस अवसरमा उनले बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।

आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा शुभकामना दिएकाे उनकाे सचिवालयले जानकारी दिएकाे छ।

भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उहाँहरूबीच छलफल भएको थियो।

सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी गराएका थिए । 

भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबैले सहकार्य गरि अघि बढ्न आग्रह गरे।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर