कार्कीसँग हिजो भारतीय राजदूतसँग भेटः आज मोदीसँग टेलिफोन वार्ता

काठमाडौं । हिजो मात्रै भारतीय राजदूतसँग भेटघाट गरेकी अन्तरिम चुनावी सरकार प्रमुख सुशीला कार्कीले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनवार्ता गर्ने भएकी छन् ।
कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच बिहीबार द्विपक्षीय टेलिफोन वार्ता हुने भएको हाे। नेपाल र भारतका परराष्ट्र मन्त्रालयबिचको आन्तरिक समन्वयपछि दुवै प्रधानमन्त्रीबिच वार्ता तय भएको हो । भारत भ्रमणको तयारी भइरहेको वेला जेन–जी विद्रोहमा केपी ओलीले राजीनामा गरेका थिए । चीन भ्रमणपछि अेालीकाे भारत भ्रमण टरेकाे कतिपय अनुमान समेत गरेका थिए ।
भिडियो वार्ताको पूर्वसन्ध्यामा भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री कार्कीसँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री मोदीले राजदूत श्रीवास्तवमार्फत समकक्षी कार्कीलाई बधाई सन्देश पठाएका छन् । श्रीवास्तवले मोदीको बधाई सन्देश हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
‘नेपाल र भारतबिचको मैत्रीपूर्ण सम्बन्ध र सहयोगलाई अझ प्रगाढ बनाउने भारतको प्रतिबद्धता पनि व्यक्त भएको छ,’ परराष्ट्रले भनेको छ । मोदीले पत्रमा दुई देशबिच गहिरो सम्बन्ध कायम रहेको र आगामी दिनमा कार्की नेतृत्वको सरकारसँग मिलेर अघि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ ।
भारतीय राजदूतमार्फत प्रधानमन्त्री कार्कीले बधाई सन्देशका लागि धन्यवाद व्यक्त गर्दै बिहीबार पारस्परिक हितका विषयमा विस्तृतमा छलफल गर्ने जवाफ दिएकी छिन् ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच हिजाे शिष्टाचार भेटवार्ता भएको हाे।
भेटका क्रममा नेपालको उन्नति र समृद्धिका लागि भारतले सधैँ सहयोग गर्दै आएको र आगामी दिनमा पनि नेपालको समृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपालको विकास, पुनर्निर्माणमा भारतले सघाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ। साथै नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको बताए।
भारतले जेनजी आन्दोलनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकी हुन्।
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरिएको छ।
प्रतिकृया दिनुहोस