सुदन गुरुङमाथि आक्रमण प्रयास भएकाे उनकाे दाबी

काठमाडौँ । हामी नेपालका संयोजक सुदन गुरुङमाथि आक्रमणको प्रयास भएको छ ।
जेनजी आन्दोलनका संयोजकसमेत रहेका उनले रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको बताएका छन् । बीच बाटोमा दुई वटा गाडी थपिएर पच्छ्याएको उनको दाबी छ ।
गुरुङले रानीबारीदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट पुग्दासम्म गाडी र मोटरसाइकलबाट आफूलाई लखेटेको बताए। करिब १ घन्टा पिछा गरेपछि आफू सुरक्षित हुन विमानस्थलस्थित नेपाली सेनाको शरणमा पुगेको उनको भनाइ छ।
सिनामंगलको गल्ली गल्ली हुँदै नयाँ बानेश्वरसम्मै लखेटेको उनको भनाइ छ । आफूलाई मार्ने उद्देश्यले पिछा गरिएको उनको भनाइ छ ।
जेनजी आन्दाेलन भित्र यतिबेला तिब्र विवाद छ । सुरूमा स्वयंसेवकका रूपमा याे आन्दाेलनमा आएकाे बताएका गुरूङले पछि आफैं संयाेजक बनेर वार्ता र सम्बाद गर्ने गरेका थिए ।
प्रधानमन्त्री र मन्त्री बनाउने काममा लागेका उनीले आन्दाेलनका सहिद परिवार र घाइतेहरूलाइ नहेरेकाे भन्दै उनीहरूले पत्रकार सम्मेलन नै आयाेजना गरेका थिए ।
प्रतिकृया दिनुहोस