• २०८२ असोज १ बुधबार
  • Wednesday, 17 September, 2025

महेश बस्नेतले आफूलाई आक्रमण प्रयास गरेको सुदन गुरुङको आरोप

काठमाडौं । जेनजी अभियानका संयोजक भनेर चर्चामा आएका सुदन गुरुङलाई एमाले नेता महेश बस्नेतले आक्रमण प्रयास गरेको उनले आरोप लगाएका छन् । 

‘खै महेश बस्नेत खुब उर्लिएका रहेछ, त्यही अंकलले मलाई ओपन च्यालेन्ज गरेको रहेछ, खै किन थाहा छैन, मैले कतै उजुरी दिएको छैन, आफ्नो देशमा सुरक्षा किन चाहियो ?’उनले मिडियामा बोलेका छन् । 

उनले रानीबारीदेखि बानेश्वरसम्म पल्सर बाइकमा रहेको एउटा समूहले लेखेटेको बताएका छन् । बीच बाटोमा दुई वटा गाडी थपिएर पच्छ्याएको उनको दाबी छ । 

बस्नेतले जेनजी समूहलाइ आतंककारी भन्दै सार्वजनिक रूपमा आलाेचना गरेका थिए ।

गुरुङले  रानीबारीदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेट पुग्दासम्म गाडी र मोटरसाइकलबाट आफूलाई लखेटेको बताए। करिब १ घन्टा पिछा गरेपछि आफू सुरक्षित हुन विमानस्थलस्थित नेपाली सेनाको शरणमा पुगेको उनको भनाइ छ।  

सिनामंगलको गल्ली गल्ली हुँदै नयाँ बानेश्वरसम्मै लखेटेको उनको भनाइ छ । आफूलाई मार्ने उद्देश्यले पिछा गरिएको उनको भनाइ छ । जेनजी आन्दाेलन भित्र यतिबेला तिब्र विवाद छ । सुरूमा स्वयंसेवकका रूपमा याे आन्दाेलनमा आएकाे बताएका गुरूङले पछि आफैं संयाेजक बनेर वार्ता र सम्बाद गर्ने गरेका थिए । 

बाइकमा दुई जना थियो। बाइकको पछि बस्नेले ठूलो झोला बोकेको थियो। बाइकसँगै एउटा कोरियन कलरको गाडी पनि थियो। हामी बानेश्वरसम्म गल्लीगल्ली छिर्दै आउँदा पनि हामीलाई फलो गरिरहेको देखेपछि हामी सिनामंगलतिर लाग्यौँ। त्यहाँ पुग्दा पनि पछिपछि आइरहेकै थियो।

प्रधानमन्त्री र मन्त्री बनाउने काममा लागेका उनीले आन्दाेलनका सहिद परिवार र घाइतेहरूलाइ नहेरेकाे भन्दै उनीहरूले पत्रकार सम्मेलन नै आयाेजना गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर