• २०८२ असोज २ बिहीबार
  • Thursday, 18 September, 2025

मोदीको जन्मदिनमा ट्रम्पले दिए फोनबाट शुभकामना

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी जन्मदिनको शुभकामना दिएका छन्। जन्मदिनको अवसरमा शुभकामना आदानप्रदानसँगै दुई नेताबीच रुस–युक्रेन युद्धलाई लिएर पनि छलफल भएको थियो।

“मेरा साथी प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनमा राम्रो कुराकानी भयो। मैले उहाँलाई जन्मदिनको शुभकामना दिएँ। उहाँले राम्रो काम गरिरहनुभएको छ।” उनले भने, “रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने सम्बन्धमा तपाईँको सहयोगका लागि धन्यवाद।”

यसैबीच प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल पोस्टमार्फत दुई नेताबीच भएको कुराकानीको विवरण पनि सार्वजनिक गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, “समसामयिक विषयमा फोन वार्ता र मेरो ७५औँ जन्मदिनको शुभकामना दिनुभएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद। तपाईं जस्तै म पनि भारत–अमेरिका बृहत् र विश्वव्यापी साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन पूर्ण प्रतिबद्ध छु।”

“हामी युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि तपाईंको प्रयासको समर्थन गर्दछौँ,” मोदीले भनेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर