भारतीय प्रधानमन्त्री माेदीले कार्कीसँग कुरा गरेलगत्तै पुगे चिनियाँ राजदूत

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन सम्वाद गरेलगत्तै उनीसँग भेट्न चिनियाँ राजदूत पुगेका छन् । भाेदीसँग सुशीलाले करिब २० मिनेट कुरा गरेकी थिइन्।
टेलीफोन कुराकानीबारे भारतीय प्रधानमन्त्री मोदीले एक्समार्फत जानकारी दिँदै शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न भारतको अटल समर्थन रहने कुरामा आश्वस्त पारेको उल्लेख गरेका छन्।
‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग आत्मीयतापूर्ण वार्ता गरें,’ उनले लेखेका छन्, ‘हालैको दुःखद घटनामा ज्यान गुमाएका प्रति गहिरो संवेदना व्यक्त गरें र शान्ति तथा स्थिरता पुनर्स्थापना गर्न उहाँले गर्नुभएका प्रयासप्रति भारतको अटल समर्थन रहने कुरा पुनः आश्वस्त गराएँ।’
उनले संविधान दिवसको पनि शुभामना दिएको भन्दै उल्लेख गरेका छन्,'साथै, भोलि नेपालकै राष्ट्रिय दिवसको अवसरमा उहाँलाई र सम्पूर्ण नेपाली जनतालाई हार्दिक शुभकामना पनि प्रेषण गरें।'
कार्कीसँग चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरे । प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो भएको भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सहयोग गर्ने बताएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नताले चीनले नेपालका जनताको चाहानालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए।
‘नेपाली जनताको चाहानालाई हामी सम्मान गर्छौं,’ राजदूत सोङले भनेका थिए, ‘आगामी दिनमा पनि सहयोग गर्छौं। सरकारलाई के आवश्यक पर्छ असल छिमेकीको नाताले हामी सहयोग गर्न तत्पर छौँ।’
कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि चिनियाँ राजदूतले भेटेको यो पहिलो पटक हो। सुशीलाकाे सपथ ग्रहण कार्यक्रममा भने राजदूत शीतल निवास पुगेका थिए ।
प्रतिकृया दिनुहोस