• २०८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025

आज संविधान दिवसः प्रत्यक्ष निर्वाचित कार्यकारीको बहस

काठमाडौं । आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८ः३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ ।

समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्ने तय भएको छ । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन भएका छन् ।

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धि स्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । 

विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए ।
संविधानका कतिपय प्रावधानका विषयमा राजनीतिक बृत्तमा बहस चलिरहेका छन् । राज्यकाे शासकीय स्वरूप परिवर्तन गरेर संसदबाट प्रधानमन्त्री चुन्ने व्यवस्था हटाएर प्रत्येक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था राख्ने बहस यतिबेला शीखरमा छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर