• २०८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025

रियलकाे लगातार जितमा एम्बाप्पेकाे गाेल

काठमाडाैं । रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा स्पान्योललाई २–० ले हराएर आफ्नो शतप्रतिशत प्रदर्शन कायम राखेकाे छ । जितपछि रियलको ५ खेलबाट १५ अंक भएको छ । यो जितमा रियलका इडेर मिलिटाओ र केलियन एमबाप्पेले समान एक गोल गरे ।

हारपछि स्पान्योल १० अंकसहित चौथो स्थानमा कायम रह्यो । अन्य खेलमा लेभान्टेले जिरोनालाई ४–०, सेभियाले डेपार्टिभो एलाभेसलाई २–१, भिल्लारियलले ओसासुनालाई २–१ तथा भ्यालेन्सियाले एथलेटिक बिल्बाओलाई २–० ले पराजित गरे ।
यसैबिच 
 लयमा रहेका ह्यारी केनले सिजनको दोस्रो ह्याट्रिक रचेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा होफनहाइनलाई ४–१ ले सजिलै हरायो । इंग्लिस कप्तान केनले ४४, ४८ र ७७ औं मिनेटमा गोल गरे । त्यसमध्ये अन्तिम दुई गोल पेनाल्टीमा सम्भव भएको हो ।

उनले यो सिजन १३ गोल गरिसकेका छन् । जितपछि बायर्नको ४ खेलबाट १२ अंक भएको छ । ह्याम्बर्गले हेडेनहेमलाई २–१ ले हरायो । यो माथिल्लो डिभिजनमा टोलीको सात वर्षयता पहिलो जित रह्यो ।

उता एसी मिलानले इटालीको सिरी ‘ए’ मा शनिबार युडिनेजीलाई ३–० ले पराजित गर्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ । मिलानका क्रिस्टियन पुलिसिचले ३९ र ५३ औं मिनेटमा दुई गोल गरे । युसुफ फोफानाले ४६ औं मिनेटमा एक गोल थपे । जितपछि मिलानको ९ अंक भएको छ । युभेन्ट्स १० अंकसहित शीर्षस्थानमा छ ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर