• २०८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025

नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ 

काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बिच चार जना नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषि मन्त्री डा. मदन परियारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार अपराह्न आयोजित समारोहमा शपथ लिएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपतिले यी मन्त्रीहरू नियुक्त गरी शपथग्रहण गराएका हुन्। 

यसअघि प्रधानमन्त्री कार्कीसहित ३ जना मन्त्रीले शपथ लिएका थिए।

जेनजी पुस्ताको भदौ २३ र २४ गतेको आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको थियो। 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर