• २०८२ असोज १० शुक्रबार
  • Friday, 26 September, 2025

भ्रष्टाचार मुद्दामा सफाई पाईसकेकी मिश्रालाई के ले रोक्यो बन्त्री बन्न ?

काठमाडौं । अन्तरिम सरकारको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री बन्ने पक्का भएकी डा. संगीता कौशल मिश्रामा अन्तिम समयमा पुगेर रोकिएकी छन् । 

प्रधानमन्त्री सुशीला कार्कीले बिषयबिज्ञलाई मन्त्री बनाउने र काममा प्रभावकारिता देखाउने प्रयासमा स्वास्थ्य मन्त्री मिश्रालाई बनाउने तयारी थियो । उनी अघिल्लो कांग्रेस–एमाले सरकारका बेला सचिव हुनबाटसमेत रोकिएकी पात्र हुन् । त्यसपछि विद्रोह गरेर घरमै बसिरहेकी उनले आइतबार अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन् । स्वास्थ्यमन्त्री बन्ने पक्का भएपछि उनले राजीनामा दिएकी हुन् । 

प्रधानमन्त्री कार्कीले उनको नाम आज हुने सपथ ग्रहणका लागि शीतल निवास पनि पठाइसकेकी थिइन् । तर एकाएक रोकिएपछि यो क्षेत्रमा तरंग सृजना भइरहेको छ । उनको मन्त्री बन्ने सम्भावना अन्त्य भने नभएको कतिपय श्रोतले दावी गरेका छन् । 

प्रधानमन्त्री  कार्कीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, उद्योग तथा भूमिसुधार मन्त्री अनिलकुमार सिन्हा, सञ्चार, सूचना तथा प्रविधि मन्त्रीमा जगदीश खरेल र कृषि मन्त्री डा. मदन परियारलाई बोलाएरै आज सपथ ग्रहण गराइन् । 

 तर मिश्राको नाम सिफारिस भएको समाचार आउनासाथ मन्त्रीको स्वागतका लागि तयारी गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटालगायतको स्वास्थ्य क्षेत्रको एउटा टिम नै लागेर रोकेको स्रोतले बतायो । 

स्वतन्त्र सांसद अमरेशकुमार सिंहले त मिश्रलाई विचौलियाहरुले मन्त्री बन्नबाट रोकेको दावी गरेका छन् । यसअघिको सरकारले सचिव बन्नबाट रोक्दा पनि सिंहले संसदमै यो विषय उठाएका थिए ।

मिश्रालाई चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान, बीर अस्पताल(न्याम्स)का उपकलुपति डा।. भूपेन्द्र बस्नेतसमेत उनको नियुक्ति रोक्नका लागि सबै संयन्त्र प्रयोग गर्न अग्रसर भएको स्रोत बताउँछ । आइतबारै उपकुलपति बस्नेतसहितको टोली प्रधानमन्त्री कार्यालयमै पुगेर मिश्रबाहेक जो मन्त्री बनाउँदा पनि हुने लबिङ गरेको थियो । राति अबेरसम्म सचिव देवकोटा, उपकुलपति, कांग्रेसनिकट केही पूर्व कर्मचारीहरु, बिचौलियासहितको बैठक अनौपचारिक रुपमा पटक पटक बसी आर्थिक लगायत जुनसुकै तबरबाट संगीतालाई रोक्न सक्रिय भएर लागेका छन् ।

उनको बिगतको कामकारबाहीलाई लिएर अख्तियार र सतर्कतामा दर्ता गरिएका हुँदै नभएका र बनावटी उजुुरी मिडियामा सार्वजनिक गर्ने अभियान नै चलाएका छन् । सतर्कता केन्द्रबाट उनले सफई पाइसकेको पत्र सार्वजनिक भएको छ ।

स्रोतका अनुसार नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिलबिक्रम कार्कीदेखि लिएर निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेलसमेत मिश्रलाई मन्त्री हुन नदिनका लागि सबै अस्त्र प्रयोग गरिरहेका छन् ।


मिश्रलाई प्रदीप पौडेल स्वास्थ्य मन्त्री भएपछि बिभागको महानिर्देशकबाट सरुवा गरी डा. देवकोटालाई लगेका थिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर