• २०८२ असोज ७ मंगलबार
  • Tuesday, 23 September, 2025

कर्मचारीले ल्याएको निर्णयमा शिक्षा र सञ्चारमन्त्रीले हस्ताक्षर गर्न मानेनन्

काठमाडौं । पत्रकारितामा ख्याति कमाएका नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले पदभार ग्रहणपछि कर्मचारीले ल्याएको पहिलो निर्णयमा हस्ताक्षर गर्न मानेनन् । 

उनले अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएर नयाँ प्रस्तावमा हस्ताक्षर गरे ।

सचिवले सुरूमा छापाखानासम्बन्धी प्रस्तावमा हस्ताक्षर गर्न दिएकी थिइन ।  

उता नवनियुक्त शिक्षामन्त्री महावीर पुनले पदभारग्रहण पछिकाे पहिलाे निर्णयमा हस्ताक्षर गर्न अानाकानी गरेका थिए । केशरमहलमा सरेकाे मन्त्रालयमा सचिवहरूले वैज्ञानिकहरूको एउटा समिति बनाउने निर्णयमा मन्त्रीको सही गराउन खोजेको थियो । तर, मन्त्री पुनले यस्ता समिति कति बन्छन् कति भनेर हस्ताक्षर नगर्ने जिद्दी लिए ।

त्यसपछि कर्मचारीहरूले यो प्रक्रियागत कुरा भएको भन्दै निकै बेर सम्झाएपछि उनी तयार भए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर