सञ्चारमन्त्री खरेलको पहिलो निर्णय जेनजी पुस्तासँगै जेडियाे: सार्वजनिक स्थलमा फ्रि–वाईफाई

काठमाडौँ । सोमबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका जगदीश खरेलले पदभार ग्रहण गर्दै पहिलो निर्णयका रुपमा सार्वजनिक स्थलमा निशुल्क वाईफाईको व्यवस्था हुने बताएका छन् ।
देशका प्रमुख सहरहरुमा पाँच महिनाभित्र फ्रि वाईफाई बिस्तार गर्ने निर्णय उनले गरेका हुन् । नेपाल दूरसञ्चार प्राधिकरणमार्फत उक्त निर्णय कार्यान्वयन ल्याइने उनले बताए ।
काठमाडौंमा दुई मिहनाभित्र र सातै प्रदेशका राजधानी र ठूला सहरका सार्वजनिक स्थानमा ५ महिनाभित्र उक्त सुविधाको व्यवस्था गरिने उनले बताए ।
पाँच महिनाभित्र राजधानीसहित देशभरका सात वटै प्रदेशका १० वटा शहरका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेटको पहुँच हुने उनले बताए ।
प्रतिकृया दिनुहोस