आजको राशिफल: भौतिक सम्पत्ति उपहारको रूपमा प्राप्त हुनेछ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको छ । भौतिक तथा बिलासी वस्तुको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुसी हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछन् । पुँजी बजार तथा व्यापारबाट नाफा कमाउन सकिनेछ । प्रेम सम्बन्ध सुमधुर रहने तथा पारिवारिक मिलन हुनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) काममा बाधा व्यवधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । साथीभाइ तथा परिवारकै मानिसबाट असहयोग हुनेछ । काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरू सक्रिय रहनेछन् । तर पनि दैनिक उपभोग्य बस्तु तथा पहिरनको व्यापारबाट लाभ लिन सकिनेछ । बैक तथा वित्तीय क्षेत्रमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवामा सहभागी हुनेहरूले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । खाद्यान्न, पहिरन तथा गरगहनाको व्यापारमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ। शेयर बजार तथा वित्तीय क्षेत्रमा नाफा कमाउन सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा उत्कृष्ट नतिजा हात पार्न थोरै समय लगानी नै काफी हुनेछ । छोटो तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । विवादित विषयको निर्णय तपाईँकै पक्षमा हुनेछन् । दाजुभाइ तथा छिमेकीसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । भौतिक सम्पत्ति तथा नगद जुट्नाले लगानी गर्ने सहज वातावरण बन्नेछ । शेयर बजारमा आज गरिने लगानीबाट लाभ लिन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैयाँ पैसाको व्यवस्थापन गर्न गाह्रो हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाईँ आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तर पनि दैनिक उपभोग्य बस्तु, पहिरन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । यात्रा तथा पारिवारिक मिलन हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा आउन सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । राजनीतिमा पद प्राप्तिको योग रहेको छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) कर्म क्षेत्रमा आउने विवादले आत्मसम्मानमा कमीको महसुस हुनेछ । आकस्मिक खर्च बढ्ने तथा आर्थिक सङ्कटको सामना गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन । तर पनि लामो दुरीको विदेश यात्राको तय हुनेछ भने विदेशी सामानको व्यापार व्यवसाय बढेर जानेछ । यात्रा, मनोरञ्जनमा समय व्यातित हुने तथा पारिवारिक मिलन हुनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) विभिन्न साधन स्रोत जुटाई दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । पैतृक सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । बैङ्किङ तथा शेयर बजारमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रणय सम्बन्धका रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । दाजुभाइको सहयोगले भौतिक सम्पत्ति तथा सवारी साधन जोड्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गरी पद प्राप्त हुने योग रहेको छ । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । इमानदारिता तथा लगनशीलताको उच्च मूल्याङ्कन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न सकिनेछ । खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाइमा मन जानेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहको । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । तर पनि दैनिक उपभोग्य बस्तु, पहिरन तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । वित्तीय क्षेत्रमा गरेको लगानीबाट नाफा कमाउन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ भने साझेदारी व्यवसायबाट लाभ लिन सकिनेछ । व्यापारकै सिलसिलामा यात्राको तय हुनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन् । माया प्रेमको डोरो कसिलो भएर जानेछ । नोकरीमा प्रवेश तथा पदोन्नतिको गतिलो योग रहेको छ ।
प्रतिकृया दिनुहोस