उसमान डेम्बेलेले जिते यस वर्षको बेलन डे अर, यामल दाेस्राे

काठमाडौं । पीएसजीबाट खेलिरहेका फ्रान्सेली फरवार्ड उसमन डेम्बेलेले याे वर्षकाे बेलन डे अर जितेका छन् ।
सोमबार पेरिसमा आयोजित विशेष कार्यक्रमबीच विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड बेलन डे’अर डेम्बेलेले जितेका हुन् । उनको महत्त्वपूर्ण योगदानको मदतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले गत सिजन युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।
पीएसजीले आफ्नो इतिहासमा च्याम्पियन्स लिग जितेको यो नै पहिलो पटक हो । महिलातर्फको अवार्ड लगातर तेस्रो वर्ष स्पेनिस आइटाना बोनमटीले जितेकी छिन् ।
डेम्बेले भने यो अवार्ड जित्ने छैटौं फ्रान्सेली खेलाडी भएका छन् । पीएसजीले पछिल्लो सिजनको च्याम्पियन्स लिग फाइनलमा इन्टर मिलानलाई ५–० ले हराएको थियो ।
यस्तै पीएसजीले फ्रान्सेली लिग र कप दुवै उपाधि पनि जितेको थियो ।
बोरुसिया डर्टमुन्ड र बार्सिलोनाबाट पनि खेलिसकेका २८ वर्षीय डेम्बेले सन् २०१८ को विश्वकप विजेता फ्रान्सेली टिमका सदस्य पनि हुन् ।
अवार्ड जित्ने होडमा बार्सिलोनाका किशोर खेलाडी लामिन यामल दोस्रो स्थानमा रहे ।
प्रतिकृया दिनुहोस