• २०८२ असोज १० शुक्रबार
  • Friday, 26 September, 2025

भारतमा चर्किन थाल्यो जेनजी आन्दोलनः भाजपा कार्यालय आगजनी

काठमाडौं । भारतको लद्दाखलाई पूर्ण राज्यको मान्यता दिन र संविधानको छैंटौ अनुसूचीमा समावेश गर्न माग गर्दै मंगलबार लेहमा हिंसात्मक प्रदर्शन भएको छ।

यो प्रदर्शन पर्यावरणविद् र सामाजिक कार्यकर्ता सोनाम वाङचुकको अनसनको समर्थनमा भएको हो, जो २ सातादेखि अनसनमा थिए।

प्रदर्शनकारीहरूले भारतीय जनता पार्टीको कार्यालयमा आगजनी र लेह हिल काउन्सिलको भवन तोडफोड गरेका छन् । विद्यार्थीहरू र सुरक्षा निकायबीच झडप भएको छ । प्रदर्शनकारीहरूले भारतीय जनता पार्टीको कार्यालयमा आगजनी गरेका छन् । प्रहरीमाथि ढुंगामुढापछि सीआरपीएफको गाडीसमेत जलाइएको छ ।

वाङचुकले शान्ति कायम राख्न अपील गर्दै सामाजिक सञ्जालमा सन्देश जारी गरेका छन् । उनले अनसनमा रहेकामध्ये २ जनाको स्वास्थ्य स्थिति बिग्रँदै गएपछि हजारौँ युवा सडकमा आएको उल्लेख गर्दै यसलाई जेन-जी क्रान्ति भनेका छन् ।

आगामी ६ अक्टोबरमा केन्द्र र लद्दाखका प्रतिनिधिबीच तय भएको वार्ताको पूर्वसन्ध्यामा प्रदर्शन भएको हो । लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने, कारगिल र लेह को छुट्टै लोकसभा सिट, सरकारी जागिरमा स्थानीयको भर्तीलगायतका माग गर्दै प्रदर्शन भएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर