• २०८२ असोज १० शुक्रबार
  • Friday, 26 September, 2025

अल्भारेजको ह्याट्रिक: एटलेटिको मड्रिडकाे जित

काठमाडाैं । जुलियन अल्भारेजको ह्याट्रिकको मदतले एटलेटिको म्याड्रिडले बुधबार स्पेनी ला लिगामा रायो भाल्कानोमाथि ३–२ को जित निकालेको छ ।

खराब लयबाट गुज्रिरहेको एटलेटिकोका लागि यो जितले राहत दिनेछ । भाल्कानोविरुद्ध पनि एक गोलले पछाडि रहेको स्थितिबाट एटलेटिको विजयी रहेको हो ।

लिगका छ खेलमध्ये एटलेटिकोयो यो दोस्राे जित मात्रै हो । यो नतिजापछि एटलेटिको नवौं स्थानमा उक्लेको छ ।

अर्को खेलमा रियल सोसिडाडले रियल मार्लोकालाई १–० ले हरायो । खेलको एक मात्र गोल मिकेल ओयारजाबलले दोस्रो हाफको सुरुमै गरे ।

लिगमा सतप्रतिशत जितसहित रियल मड्रिड शीर्ष स्थानमा छ भने बार्सिलाेना दाेस्राे स्थानमा छ । यी दुइबिच २ अंककाे दूरी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर