• २०८२ असोज १० शुक्रबार
  • Friday, 26 September, 2025

एसियाकपमा उपाधिका लागि भारत र पाकिस्तान भिडन्त पक्का

काठमाडौँ । पाकिस्तानले टी ट्वान्टी एसियाकप २०२५ मा बिहीबार बंगलादेशलाई ११ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेका छ । अब उपाधिको भिडन्तमा फेरि एकपल्ट पाकिस्तानले भारतकै सामना गर्ने भएको छ ।

प्रतियोगितामा दुई छिमेकीबीचको यो तेस्रो खेल हुनेछ । यसअघिका दुवै खेलमा भारत सजिलै विजयी रहेको थियो । अब पाकिस्तानसामु त्यसको बदला लिने अवसर हुनेछ ।

भारत तथा पाकिस्तान दुवैको चार चार अंक छ र शीर्ष दुई स्थानमा रहेका छन् । दुबईमा भएको सुपर फोरको खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ३५ रन बनाएको थियो ।

त्यसमा मोहम्मद ह्यारिसले ३१ र मोहम्मद नवाजले २५ रन बनाए । जवाफमा बंगलादेशले नौ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन मात्र सक्यो ।

साहिन साह अफ्रिदी र ह्यारिस रउफले तीन तीन विकेट लिए र बंगलादेशीको जवाफ ब्याटिङ बलियो रहेन् । समिम हुसेनले बनाएको ३० रन नै सर्वाधिक ठूलो स्कोर रह्यो । अब फाइनल आइतबार हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर