माओवादी केन्द्रीय समितिः आज टोली नेताहरूले धारणा राख्ने, प्रचण्डले जवाफ दिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज दाेस्राे दिन पनि बस्ने भएको छ ।
बिहीबारबाट सुरु भएको बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्डले पार्टी पुनर्गठन र नयाँ नेतृत्वबारे मङ्सिरमा विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव जनार्दन शर्माले आफ्नो धारणा राखिसकेका छन् । उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रस्तावमा असहमति जनाएका थिए ।
विभिन्न १० वटा समूह बनाएर बिहीबारबाटै छलफल जारी रहेको नेकपा माओवादी केन्द्रले जनाएको छ । आज टोली नेताहरूले धारणा राख्नेछन् ।
टाेली नेताहरूकाे सुझाव पछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएकाे छ । सकेसम्म बैठक आजै सक्ने तयारी छ ।
प्रतिकृया दिनुहोस