वर्षमानकाे प्रस्ताव: प्रचण्डलाई राजनेताका रुपमा सम्मान गराैं, कार्यकारी भूमिका नयाँ टिमले सम्हालाैं

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठकमा टाेली नेताहरुले रिपोर्टिङ गर्ने र पदाधिकारीहरुले बाेल्ने क्रम चलिरहेकाे छ।
टाेली नेताहरुले १० मिनेटमा समुहगत छलफलकाे निष्कर्ष सुनाईरहेका छन् भने पलाधिकारीहरुले धारणा राखिरहेका छन् ।
वैठकमा उपमहासचिव वर्षमान पुनले माओवादीकाे कार्यकारी नेतृत्व अब सामूहिक रुपमा गर्ने र अध्यक्ष प्रचण्डलाई रजनेताका रुपमा सम्मान गरेर अघि बढ्नु पर्ने प्रस्ताव गरेका छन्।
उनले निर्णायक घडीमा नेतृत्वकाे आलाेचना गर्ने र आन्दोलनको बाटाे माेड्न खाेज्नु गलत हुने उनले बताए।
`यतिबेला हामी कता उभिन्छ भन्ने कुराले अर्थ राख्छ,
आजकाे युगमा समाजवाद सम्भव छ कि छैन भन्ने कुरा कित्ताकाट गर्ने बेला हाे, अध्यक्षले समाजवादकाे बाटाेमा जाने याेजना र कार्यक्रम ल्याउनु भएकाे छ। जेनजी आन्दाेलन ठिक छ, तर अब समग्र अवस्थामा क्रमभंग गरेर जानुपर्छ,´ उनले भने ।
नेता पुनले थपे, `अध्यक्षले कार्यकारी भूमिका छाेड्छु भन्नुकाे अर्थ बिचैमा छाेड्ने भनेकाे हैन। तर एउटा विधि पूरा गर्नु पर्छ ।अध्यक्षलाई राजनेताका रुपमा सम्मान गराैं नेतृत्वकाे टिम बनाउ, टिका लगाएर हुदैन,´ उनले भने।
प्रतिकृया दिनुहोस